कृषि पर्यटन र पुर्वधारमा उन्नति,

चुलाचुली गाउँपालिकाको समुन्नति

header AD

विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको हार्दिक शुभकामना

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमन।

नेपालीहरूको महान चाड विजया दशमी (बडादशैं), शुभ दीपावली (तिहार) तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नगरवासी/गाउँवासी तथा आम नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

हाम्रो देशको अमूल्य सम्पत्ति भनेकै हाम्रो जातीय, भाषिक र साँस्कृतिक विविधता हो। दशैं-तिहारको उल्लास र छठको निष्ठाले हामी सम्पूर्ण नेपालीलाई एउटै एकताको सूत्रमा बाँधेको छ। यी चाडपर्वहरूले हाम्रो समाजमा आपसी सद्भाव, सहिष्णुता, र भाइचाराको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लगेका छन्।

देश निर्माणको सिलसिलामा रोजगारी वा अध्ययनको क्रममा विश्वका विभिन्न कुनामा पुग्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले आफ्नो कला, संस्कृति र पहिचानलाई जहाँ भएपनि जीवित राख्नुभएकोमा म स्थानीय सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु।

'समृद्ध पालिका र सुखी नागरिक' बनाउने हाम्रो साझा अभियानलाई मूर्तरुप दिन यी महान चाडपर्वहरूले हामी सबैमा नयाँ जोस, जाँगर, सकारात्मक ऊर्जा र प्रेरणा प्रदान गरुन् भन्ने कामना गर्दछु। सम्पूर्णको घरआँगनमा सधैं खुशीयाली छाइरहोस्, यही मेरो हार्दिक शुभकामना छ।

धन्यवाद!

सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 upadakshya jeu २९ असोज, २०८३ JPEG
2 adakshya jeu २९ असोज, २०८३ JPEG