प्रस्तुत विषयमा मिति २०८३/०८/१० गते बिहीबारका दिन किरात धर्म तेस्रो पुस्ताका धर्म संरक्षक एवं समाज सुधारक गुरु लाफयङ देव बहादुर तुम्बापो ज्यूको ८३ औं जन्मजयन्ती परेको हुँदा उक्त दिन विगतका वर्षहरू झैं चुलाचुली गाउँपालिकाको कार्यालय, मातहतका कार्यालयहरू, शैक्षिक संस्था तथा संघसंस्थाहरूमा सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।
धर्म संरक्षक एवं समाज सुधारक गुरु लाफयङ देव बहादुर तुम्बापो ज्यूको जन्मजयन्तीको पावन अवसरमा सम्पूर्ण चुलाचुलीवासी सहित सम्पूर्ण सर्वसाधारणहरूमा गुरुको जन्मजयन्ती हर्षोल्लासका साथ मनाउन साथै गुरुले देखाउनुभएको समाज सुधारको बाटोमा अग्रसर बन्न सकौं भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।