चुलाचुली गाउँपालिका यहाँ हरुको हार्दिक स्वागत गर्दछ

संक्षिप्त परिचय

चुलाचुली गाउँपालिका    इलाम जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिका साबिकका चुलाचुली र साकफारा दुई गा.वि.स. मिलाएर बनाइएको छ . जिल्लाको पश्चिम दक्षिणी क्षेत्रमा अवस्थित यस गाउँपालिकाको कूल क्षेत्रफल १०८.४६ वर्ग किलोमिटर रहेको छ . छ वटा वडामा विभाजन गरिएको यस गाउँपालिकाको पूर्वमा माई नगरपालिका,पश्चिमका मोरंग जिल्ला उत्तरमा मांग्सेबुंग गाउँपालिका तथा दक्षिणमा झापा जिल्लासंग सिमाना जोडिएको छ . पूर्वपश्चिम राजमार्गसंग कच्ची सडकले जोडिएको यस गाउँपालिकामा पहाडी भूभागका अतिरिक्त केहि समथर भूभाग समेत पर्दछ .

Pages